सत्ता गठबन्धन परिवर्तन भएपछि साेमबार नै सानो मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलका तीन जनालाई आजै शपथको तयारी गरिएको छ । तीन जनालाई नै बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइने भएकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएकाे छ । रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्याल (डिपी)ले साेमबार नै मन्त्रीकाे शपथ लिने भएकाे हुन् । रास्वपाको तर्फबाट डिपीकाे नाम पहिलो चरणमा आजै शपथ खाने मन्त्रीहरूको सूचीमा समावेश गरिएकाे छ ।
नेकपा एमालेका तर्फबाट पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने तयारी गरिएकाे छ । गिरी पुर्व स्वास्थ्यमन्त्री हुन् । यसैगरी, माओवादीका तर्फबाट हितबहादुर तामाङलाई पहिलाे चरणमा पठाइने भएकाे छ । नुवाकोट-१ बाट तामाङ सांसद निर्वाचित भएका थिए । सम्भार – मेरोलगानी