क्यानले नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने

Byshreeramkhabar

१९ पुष २०८०, बिहीबार ०८:४५ १९ पुष २०८०, बिहीबार ०८:४५ १९ पुष २०८०, बिहीबार ०८:४५

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सो बारे जानकारी गराएका हुन् ।

राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ‘ए’ टीम एकदमै जरुरी रहेको उनको भनाई छ ।

यस्तै, क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । जसअनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । तीन खेलको उक्त सिरिज नेपालमा हुनेछ ।

क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला आयोजना गर्ने छ । त्यस्तै, सचिव खड्काले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने बताएका छन् ।

By shreeramkhabar

यो वेबसाइट जय श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,सेयर बजार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *