रौतहट जिल्लाको इशनाथ नगरपालिकामा कर्फ्यू 

Byshreeramkhabar

६ फाल्गुन २०८०, आईतवार ०५:२५ ६ फाल्गुन २०८०, आईतवार ०५:२५ ६ फाल्गुन २०८०, आईतवार ०५:२५

रौतहट जिल्ला इशनाथ नगरपालिकामा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको छ ।
इशनाथ नगरपालिका वडा नं. ६ र ७ मा सरस्वती माताको मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयलाई लिएर शनिबार पनि घिउरा भन्ने ठाउमा पुनः झडप भए पछि जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु आदेश जारी गरेको हो ।
शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले जानकारी दिनु भयो ।
कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिाडडुल गर्न, जुलुस तथा र्‍याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा उल्लेख छ ।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जनाइएको छ ।

By shreeramkhabar

यो वेबसाइट जय श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,सेयर बजार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *