सन्दीप लामिछानेको मुद्दामा वादी पक्षका बहस सकियो, बिहीबारका लागि हेर्दाहेर्दैमा

Byshreeramkhabar

११ पुष २०८०, बुधबार १२:०९ ११ पुष २०८०, बुधबार १२:०९ ११ पुष २०८०, बुधबार १२:०९
Sandeep-Lamichhane

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् । आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरेका छन् ।

बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका छन् ।  बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका छन् । तर बुधवारको बहसमा सापकोटाको बहस सकिएको छैन । सापकोटाले नै बिहीबार पनि बहसलाई निरन्तरता दिनेछन् । 

By shreeramkhabar

यो वेबसाइट जय श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,सेयर बजार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *