सिन्धुलीमा बलेरो दुर्घटना, तीन जनाको मृत्यु

Byshreeramkhabar

३१ श्रावण २०८१, बिहीबार ०९:२३ ३१ श्रावण २०८१, बिहीबार ०९:२३ ३१ श्रावण २०८१, बिहीबार ०९:२३

सिन्धुलीमा बलेरो दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बिपि राजमार्ग अन्तर्गत सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै डबल क्याप बोलेरो दुर्घटना भएकाे हाे । उक्त दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाईते भएका छन् ।

गोलञ्जोर गाउँपालिका वडा नं ६ नाकाजोलीबाट सिन्धुलीमाढी आउँदै गरेको वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे । बाेलेराे अनियन्त्रित भएर सडकमै पल्टेको थियाे ।

बाेलेराे दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा बोलेरोमा सवार गोलञ्जोर गाउपालिका वडा नम्बर ६ का वडा सदस्य ४५ वर्षीय उदय मस्र्याङगी मगर र सोहि स्थानका ४२ वर्षीय पृथ्वी भुजेल रहेका छन् । यस्तै, सोहि वडाका ३५ वर्षीय पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हाे ।

By shreeramkhabar

यो वेबसाइट जय श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,सेयर बजार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *