नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै २२ क्यारेट सुन भने प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार हुने छ। यो सुनको हालसम्मकै महँगो मूल्य हो।
यसअघि गत साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार त्यो रेकर्डलाई तोड्दै सुनको भाउले अर्को नयाँ रेकर्ड बनाएको हो।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी एक हजार ९९५ रुपैयाँमा किनबेच हुनेछ। बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।