राधेश्याम साह / गौर
फाल्गुुण ४, शुक्रवार / रौतहटको देवाहीगोनाही नगरपालिकाको सभाहलमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औ स्थापना दिवसको अवसरमा आयोजित सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ।‘
सुशासन र सेवाप्रवाहमा स्थानीय तहको भूमिका’का सम्बन्धमा सरोकारवालाहरुबीच व्यापक छलफल गर्ने र रौतहट लाई समृद्ध रौतहट बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा प्रशिक्षण मुलक कार्यक्रमको आयोजना गर्ने भएका छौँ ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य डाक्टर रामकुमार फुयालको प्रमुख आतिथ्यतामा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,, महालेखापरीक्षक कार्यालयका नायब महालेखा परिक्षक एवं मधेस प्रदेश प्रमुख श्यामप्रसाद भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आर्चाय लगायत विभिन्न जनप्रतिनिधि तथा सरोकार राख्ने निकाय र सञ्चारकर्मीहरुको समेत उपस्थितिमा हुने कार्यक्रम सम्पन्न भएको छ।